नुवाकोट — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपीडित १८ परिवारका लागि निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण गरेका छन्।
बुधबार विदुर नगरपालिका–स्थित पिपलटारमा अध्यक्ष ओलीले बाढीपीडित परिवारलाई घरटहरा हस्तान्तरण गरेका हुन्।
एमालेको जनसंगठन जिफन्टले १८ परिवारका लागि अस्थायी आवास निर्माण गरेको हो। भोटेकोशी बाढीबाट प्रभावितको उद्धार कार्यदेखि नै खटिएको जिफन्टको स्वयंसेवक टोलीले अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा नुवाकोटमा आवास निर्माण गरेको थियो।
निर्माण कार्य सम्पन्न भएपछि अध्यक्ष ओली आफैँ कार्यस्थलमा पुगेर आवास हस्तान्तरण गरेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।



