धरान,१४ माघ  । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उपमहानगर कमिटीको १५ औँ अधिवेशनबाट किरण थापा अध्यक्षमा निर्विरोध चयन हुनुभएकोछ । 

शनिबार धरानस्थित हरियाली सामुदायिक भवनमा सम्पन्न अधिवेशनले आगामी २ वर्षका लागि २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा विक्रम प्रधान, सचिवमा बलबहादुर लिम्बू, सहसचिवमा बालकृष्ण बुढाथोकी र कोषाध्यक्षमा हरी खतिवडा चयनहुनुभएकोछ । 

कमिटीको सदस्यहरुमा कुबिर श्रेष्ठ, जीवन ठटाल, मनोज श्रेष्ठ, सन्तोष बस्नेत, शिवबहादुर तामाङ, दिपक कार्की, चेतबहादुर दाहाल, लेखराज दाहाल, अमित मेन्याङ्बो चयन हुनुभएकोछ । 

त्यस्तै अन्य सदस्यहरुमा विनोद राई, सुमेश बोहरा, लीलाबहादुर तोलाङ्गे, श्रीहाङ लिम्बू, दिपेन खड्का, विक्रम खड्का र रमेश सापकोटा चयन हुनुभएकोछ । 

No description available.नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष विष्णु लामा, महासचिव केशव थापा, कोशी प्रदेश अध्यक्ष गौरी लामा, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा लगायतको उपस्थिति रहेको थियो । 

संगठनका धरान अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विकेश श्रेष्ठले गर्नुभएको थियो ।