सिरहा -  २१ वर्षीया  युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दाशलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दाशले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।