बेलबारी — मोरङको बेलबारी नगरपालिकालाइ पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको  छ ।  नगरपालिकामा बिहिबार आयोजित  पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बेलबारीलाई पुर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको अध्यक्षता र जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा पुर्ण खोप सुनिश्चितता कार्यक्रममा संयोजक अजम्बर राईको प्रमुख आतिथ्यमा कार्यक्रम  भएको हो ।

कार्यक्रममा बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले बेलबारी नगरपालिका अब पुणृ खोप सुनिश्चित नगरपालिका भएको बताए । कार्यक्रममा सो कार्यक्रम सफल बनाउन साथ दिने स्वास्थ्यकर्मीहरु, वडा कार्यलयहरु र स्वास्थ्यसँग सम्बन्धित बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।