काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा आकस्मिक समस्या आएको छ। जेन–जी युवाहरूसँग छलफलका क्रममा अचानक अस्वस्थ भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको हो।
छलफलकै बीचमा राष्ट्रपतिलाई चक्कर आउने र बान्ता हुने समस्या देखिएपछि स्वास्थ्य टोलीले तुरुन्तै अस्पताल पुर्याएको थियो। अहिले उनलाई अस्पतालमा भर्ना गरी स्वास्थ्य परीक्षण गरिएको त्रिवि अस्पताल स्रोतले जनाएको छ।
डाक्टरहरूले प्रारम्भिक परीक्षणपछि थप निगरानीमा राखिएको र अवस्था स्थिर रहेको बताएका छन्।



















