काठमाडौँ—उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। हेटौडा–बिरुवामोड क्षेत्रमा भइरहेको सडक विस्तारका क्रममा सुरक्षा निकायले बल प्रयोग गरेको आरोप लगाउँदै उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्।
श्रेष्ठले सडक विस्तारका क्रममा भएको गतिविधिलाई मानवअधिकारविरुद्धको कार्य भन्दै विरोध जनाएकी छन्। “सरकारले बल प्रयोग गरी नागरिकमाथि अन्याय गरेको देख्दा पार्टी पदमा बसिरहन मेरो नैतिकताले अनुमति दिएन,” उनले लेखेकी छन्।
उनले सोही विषयमा अन्य अभियन्ताहरूसंग पनि सोधेकी छिन “अरू अभियन्ता साथीहरूले के गर्नुहुन्छ?
उज्यालो नेपालका अभियन्ता तथा ऊर्जामन्त्री कुलमान घिसिङले मङ्सिर १७ गते उज्यालो नेपाल पार्टीको घोषणा गरेका थिए ।




















