दुबई—यूएईमा हिमालयका साहसी आरोही तथा वीर नेपाली निम्स दाइको सम्झनामा ‘NIMS DAI TRIBUTE PARK RUN’ सम्पन्न भएको छ। नेपाल रन यूएईको आयोजनामा अगस्ट २३, २०२६ मा शार्जाहस्थित बुहाइरा कर्निशमा पार्क रन आयोजना गरिएको हो।

बिहान ६ बजेदेखि सुरु भएको कार्यक्रममा सहभागीहरूले मौनधारण गर्दै निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि दौड, नियमित व्यायाम, फिटनेस तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी र उपयोगी सुझाव दिइएको थियो।

कार्यक्रममा नेपाली महावाणिज्यदूतावास, दुबईका महावाणिज्यदूत हरिप्रसाद ओडारीकी धर्मपत्नी चन्द्रा पाण्डेसहित नेपाली समाज यूएईका प्रमुख सल्लाहकार तथा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, खेलप्रेमी, युवा तथा धावकहरूको सहभागिता रहेको थियो।

नेपाल रन यूएईका क्याप्टेन नवराज पाण्डे (फुलेबुढा), सुजन थापालगायत आयोजक तथा स्वयंसेवकहरूको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो। आयोजकका अनुसार कार्यक्रमले स्वास्थ्य, खेलकुद, सामाजिक एकता र वीर नेपालीहरूको सम्मानको सन्देश दिएको छ।

nepalpurba.com (2) 4

nepalpurba.com (3) 5