धरान,१४ माघ  । नेपाली जनता सडक दुर्घटनाको जोखिममा रहेको र हामी कुनैपनि समय सडक दुर्घटनाको समाचार बन्ने अवस्था रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभएकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको १५ औँ अधिवेशन उद्घाटन समारोहमा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष राईले नेपालमा सडक दुर्घटना महामारी झै बढिरहेको बताउनुभएकोछ । 

देशमा भइरहेको सडक दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै प्रत्येक दिन सरदर ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र ४० जना नेपाली सडक दुर्घटनामा परेर घाइते हुनेगरेको बताउनु भयो । 

जनयुद्धताका दश वर्षमा १७ हजारको ज्यान जाँदा देशले संकटकालको सामना गर्नु परेको स्मरण गर्नुहुँदै अहिले भइरहेको सडक दुर्घटनाको दरलाई हेर्ने हो भने दशवर्षमा २८ हजार ८ सयले ज्यान गुमाउने गरेको बताउनुहुँदै जनयुद्धभन्दा सडक दुर्घटना भयानक र ठुलो संकट रहेको राईको कथन थियो ।  

प्रमुख अतिथि राईले सडक दुर्घटनाका मूल कारण भौतिक, मानविय, यान्त्रीक र पर्यावरणीय रहेको जनाउनुहुँदै सडक प्रयोगकर्ता सबैमा सचेतना फैलाउन सकिएको खण्डमा मानविय कारणबाट हुने धेरै सडक दुर्घटनाहरु न्युनिकरण गर्न सकिने बताउनुभयो । 

भीमज्वाला राईले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सुवास केसीले सुझाव प्रस्तुत गर्नुभएको थियो । 

वहाँले भन्नुभयो सबैले मिरेर साइलेन्ट किलरका रुपमा प्रकट भएको सडक दुर्घटनालाई न्युनिकरण गर्न सकिने बताउनुभयो । 

कोशी बस व्यवसायी तथा यात्रु सेवा प्रालीका अध्यक्ष कृष्ण सुवेदी, इलाका प्रहरी कार्याल धरानका डिएसपी नवराज मल्ल, अधिवक्त पदमप्रसाद इस्वो लगायतले कार्यपत्रमा सुझाव दिनु भएको थियो ।