मधुमल्ला,१९ माघ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ मिक्लाजुङ गाउँ कमीटीले मोरङ र इलामको संगम स्थलमा पर्ने धार्मीक तथा पर्यटकीय क्षेत्रमा सरसफाई कार्यक्रम गरेको छ ।
धार्मीक तथा पर्यटकीय क्षेत्रको सरसफाई र शौन्दर्यीकरणमा सहयोग पु-याउने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरीएको राष्ट्रिय युवा संघ मिक्लाजुङका अध्यक्ष सन्तोष खम्बुले बताए ।
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ र दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ मा पर्ने कुइनेटार धार्मीक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । कुइनेटार पछिल्लो सयम आन्तरीक तथा बाहिय पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ ।
शुक्रबार भएको कार्यक्रममा नेकपा एमाले मोरङ जिल्ला सदस्यहरु देवीप्रसाद आचार्य, सरला राई, इन्दिरा गौतम, गोपाल बस्नेत, एमाले मिक्लाजुङ गाउँकमीटी सचिव नविन कार्की , उपाध्यक्ष बुद्धीलाल निरौला,अध्यक्ष बुद्धीमान इम्सोङ लिम्बु तथा राष्ट्रिय युवा संघ मिक्लाजुङका पदाधीकारी र सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपालको यहि फागुन ११ गते देखि हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारप्रसारकालागि राष्ट्रिय युवा संघ मोरङले खेलकुद गतिविधिलाई अगाडी बढाएको छ । माघ २० गते जिल्लाका १७ ओटै पालिकाहरुमा एकैदिन खेलकुद गतिविधि गरिन लागिएको राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष प्रविन घिमिरेले जानकारी दिए ।




















