काठमाडौं - शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाह प्रयास गरेका  छन  । शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्काले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्  ।

प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ । उनलाई अस्पताल लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।