विराटचोक — नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वअर्थमन्त्री जीवन आचार्यले मतदाता तथा जनताको घर र टोलटोलमा पुगेर भेटघाट गर्ने क्रम बढाएका छन्।  आचार्य बुधबार दिउँसो राहतसहित मोरङको रंगेली सन्थालका अग्नी पिडितको वस्तिमा पुगेका छन् ।

राहत सामग्री सहित आगलागीबाट क्षति पुगेको सन्थाल, सतार र मुसहर समुदायको वस्तिमा पुगेका आचार्यले कर्मचारी तथा समाजसेवीहरुको उपस्थितिमा आगजनी पिडितलाइ राहत वितरण गरे । बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा भएको राहत वितरण कार्यक्रममा  आचार्यले सन्थाल बस्तीका आगजनी पिडितलाइ राहत वितरण गरेका थिए  । 

सो राहत वितरण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की, सशस्त्र प्रहरी मोरङका  एसपी, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, पवन शारडा, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायत पुर्व माननीयहरु, पत्रकार र नागरीक समाजका अगुवाहरुको उपस्थिति थियो। 

jiban acharya

चैत्र ४ गते मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका थिए ।

आगलागीपछि कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा  नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाईएको थियो ।जनतासँग भेटघाट तथा विभिन्न योजनाहरुको अनुगमन  गर्ने क्रममा आचार्यले गत आइतबार सुन्दरहररैँचा नगरपालिका अन्तर्गत पर्ने, मृगौलिया, गोठगाउँ, बलिया आदि क्षेत्र र आसपासका जनताहरुसँग भेटधाट गरेका थिए  ।

jiban 1त्यसै  क्रममा  बलिया क्षेत्र पुगेका आचार्यले सुन्दरहरैचाका टेम्पो तथा सिटी सफारी ब्यबशायीहरुसँग पनि भेटघाट गरी सुन्दरहरैचाका टेम्पो तथा सिटी सफारीहरुलाई इटहरी प्रवेश गर्न नदिइएको बारे जानकारी लिएका थिए।

आचार्यले केही दिनअघि बुढिगंगा गा.पा. वार्ड ६ मा निर्माणाधिन उराॅव सामुदायिक भवनको अनुगमन गरेका थिए भने बुढीगंगा गाउँपालिकाका खेलाडीहरूको प्रोत्साहनका लागि उनीहरुसँग भेटघाट गरेका थिए। 

आचार्य बिहिबार पुर्वान्चल विश्वविद्यालय गोठगाउँमा ३ सय शैय्याको अस्पताल निर्माण बारे भएको अन्तर्कृया कार्यक्रममा पनि सहभागी भएका थिए।