depositphotos_56879101-stock-photo-dead-body-at-a-morgueविराटनगर - विराटनगरस्थित कारागारमा एक जना कैदीको मंगलबार  बिहान मृत्यु भएको छ।

मोरङको पथरीशनिश्चरे नगरपालिका १० बस्ने ३९ वर्षीय धनबहादुर थापाको कारागारमा मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए।उनका अनुसार खाना खाएर बसेका थापा बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर जमिनमा ढलेका थिए। एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो।

कैदी थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते २ वर्ष कैद सजायको फैसला गरेको थियो। तर, त्यसअघि २०८० असोज १७ गते अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिँदै कारागार चलान गरेको थियो। अदालतको फैसला अनुसारको सजाय भुक्तान गरिरहेका थापालाई अस्पताल पुर्‍याउनसाथ चिकित्कसले मृत घोषित गरेको जानकारी बरालले दिए।