काठमाडौं— नेकपा (एमाले) निर्वाचन समीक्षा कार्यदलको बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आज अपराह्न ४ बजे बस्ने तय भएको बैठक कार्यदलका सदस्यहरूले प्रस्तावित प्रतिवेदन अध्ययनका लागि समय मागेपछि भोलिका लागि सारिएको हो।

यस्तै, भोलि दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय सचिवालयको बैठक पनि बस्नेछ।

आचार्यका अनुसार पर्सि बिहान ११ बजेदेखि एमाले केन्द्रीय समितिको बैठक ललितपुरको भनीमण्डलस्थित रामबाग पार्टी प्यालेसमा आयोजना हुनेछ। गत वर्ष असोजमा पनि एमाले केन्द्रीय समितिको बैठक सोही पार्टी प्यालेसमा बसेको थियो।