इटहरी ।  सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदीको मूल्य पनि २० रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ। आज चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको हो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ६४३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।