विराटचोक — मोरङको सुन्दरहरैँचा – १० स्थित खोर्सानेमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हेमराज सुबेदी सर्वसमत चयन भएका छन् ।
संस्थाको २२ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि सुबेदीलाई अध्यक्षमा चयन गरेको हो ।
इन्द्रपुर जेसिज भवनमा शनिबार भएको साधारण सभाबाट उपाध्यक्षमा मिनप्रसाद लिम्बू, सचिवमा गुरुप्रसाद अधिकारी,सहसचिवमा विन्दा दाहाल थापा चयन भएका छन् ।
१३ सदस्यीय नयाँ कार्य समिति बनेको संस्थाको सदस्यहरूमा अर्जुनकुमार कार्की, टिकाप्रसाद सुबेदी,नगेन्द्रकुमार मास्के, यज्ञप्रसाद ढेकाल (राम),हरिबहादुर कार्की, कमला गुरुङ, कुशुम बराल कँडेल ,मन्दिरा थापा,रञ्जु सुबेदी रहेको निर्वाचन समितिका संयोजक बलराम पोखरेलले जानकारी दिए।
यस्तै, लेखा समिति संयाेजकमा देबीबहादुर कार्की,सदस्य लोकबहादुर श्रेष्ठ र कविता दाहाल रहेका छन् । नयाँ कार्य समितिका पदाधिकारीहरू तथा सदस्यहरुलाई निर्वाचन संयोजक पोखरेलले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउदै प्रमाणपत्र दिइएको निर्वाचन समितिका सदस्य राजेन्द्र प्रसाद ढकालले जानकारी दिए ।
- दशैं नजिकिदैँ छ, व्यापारको अवस्थाको कस्तो छ ? के भन्छन सुन्दरहरैँचाका व्यापारीहरु ?
कार्यक्रमा सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं प्रमुख आतिथ्यता रहेका थिए । नगर प्रमुख गुरागाईले देशमा केहि सहकारीका कारण बदनाम भइरहेको बेला हातेमालो सहकारीले भने उत्कृष्ट कार्य गरेको बताए । उनले सबै सेयर सदस्यहरुलाई आफूहरुले बचत गरेको सहकारीमा गएर समय-समयमा के कस्तो भइरहेको छ बुझ्न पनि आग्रह गरे ।
कार्यक्रममा जेष्ठ सदस्य ,जेष्ठ नयाँ प्रवेशी सेयर सदस्य तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
साधारणसभामा उपस्थित सेयर सदस्यहरु मध्येबाट चिठ्ठा बिधि प्रयोग गरी २२ जनालाई उपहार प्रधान गरिएको संस्थाकी प्रवन्धक याेजना शर्मा ढकालले बताईन्।
कार्यक्रमको अध्यक्षता गरेका हातेमालो सहकारी संस्थाका अध्यक्ष अर्जुन वस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।






















