काठमाडौं— पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतमा बहस सकिएको छ, र न्यायाधीशहरुले आजै आदेश जारी गर्ने तयारी गरेका छन्।
नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए। पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, र गोविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका छन्।
यता, सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन्।




















