काठमाडाैँ—नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक उम्मेदवार (११०)को बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

पूर्वउपाध्यक्ष गुरु बराल, उपाध्यक्ष रामबहादुर थापा (बादल), सचिव पद्‌मा अर्यालसहित ११० को नाम मंगलबार निर्वाचन आयोगमा बुझाएको हो ।