काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस प्रदेशको सर्लाही जिल्लाका उम्मेदवारहरूको टुंगो लगाएको छ।

पार्टीले सार्वजनिक गरेको जानकारीअनुसार, सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठक्षेत्र नम्बर २ बाट महिन्द्र राय यादव प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन्।

त्यस्तै, सर्लाही क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाश यादवक्षेत्र नम्बर १ मा सुरेश काफ्ले को नाम चर्चामा रहेको बताइएको छ।

यस पटक नारायणकाजी श्रेष्ठ गोरखा छाडेर मधेस प्रदेश को चुनावी मैदानमा उत्रिएका हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए। हाल उनी राष्ट्रिय सभा सदस्य छन्।

सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रतिस्पर्धा यस पटक पनि रोचक हुने देखिन्छ। उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट राजेन्द्र महतोलाई पराजित गरेका थिए। आगामी फागुन २१ गते हुने निर्वाचनमा यादव र महतोबीच पुनः कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।