काठमाडौं—चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ।त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा आइतबार बिहान गरिएको पोस्टमार्टम रिपोर्टअनुसार अभिनेता थापाको मृत्यु हृदयघातका कारण भएको पुष्टि भएको छ।
अस्पताल स्रोतका अनुसार मुटुको नसा ब्लक भएपछि हृदयघात भएको र त्यसकै कारण उनको निधन भएको देखिएको छ।
पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ। उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।



















