दाङ—रास्वपाले दाङमा राखेको चुनावी सभामा वरिष्ठ नेता बालेन शाह बिहानको अन्तिम फ्लाइट बाट भए पनि दाङ आइपुग्ने भनेर आयोजकले समर्थकलाई बताए पनि बालेन दाङ आएनन् ।
पछि बिरामी भएका कारण दाङ आउन नसकेको भनेर भनिए पनि बालेन दाङ नआउनुको कारण भने अर्कै रहेको रास्वपा श्रोतले नै बताएको छ ।
बालेन दाङ मात्र हैन सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका उमेदवारका लागि भोट माग्न चुनावी सभामा नजाने अघोषित नीति अमुसार दाङ न आएको स्रोतको भनाई छ । दाङ २ का रास्वपाका उमेदवार बिपिन कुमार आचार्य रबि लामिछानेका कोर टिम भित्रका र सहकारी ठगी प्रकरणमा मुछिएका उमेदवार हुन् ।
दाङ २ मा आचार्य सङ्गै नेपाली काङ्ग्रेसका उमेदवार किरण किशोर घिमिरे एमालेका शंकर पोख्रेल नेकपाका निर्मल आचार्य लगायत चुनावी प्रतिस्पर्धामा छन ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा उमेदवारको चुनावी क्षेत्रमा सहभागी नहुने अघोषित नीति बालेनले बनाएपछी चितवन २ मा हुने चुनावी सभामा पनि नदेखिन सक्ने बताइएको छ ।


















