काठमाडौ—एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामाको दबाब बढ्दै गएको छ । प्रतिनिधिसभा निर्वाचनमा देखिएको कमजोर मतपरिणामपछि नेताहरुले नेतृत्वको कारण आफूहरु संकटमा परेको भन्दै राजीनामा दिन थालेपछि ओलीमाथि दबाब बढेको हो ।

यसैबीच कास्की जिल्ला कमिटीका सल्लाहकार खगराज आचार्यले राजीनामा दिएका छन् । निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि पनि अध्यक्ष केपी शर्मा ओलीले कुनै नैतिकता नदेखाएको भन्दै उनले आफै नैतिकता देखाएर राजीनामा दिन बाध्य भएको बताए ।

‘हामीले काम नगरेर,विकास गर्न नसकेर वा जनतालाई खुशी पार्न नसकेर मत नआएको होइन, केपी ओलीको कारण जनता निकै फ्रस्टेटेड भएर मत नआएको हो ।’

पोखरा महानगरपालिका-२१ घर भएका आचार्यले आफ्नै वडामा आएको मतले आफैलाई गिज्याइरहेको पनि बताए । ‘मेरो भूगोल एमालेकाे किल्ला थियाे,तर एक हजार २ सय ७७ मत मात्र आयो, यो एकदम थोरै मत हो’, उनले भनेका छन्, ‘हामीले काम नगरेर,विकास गर्न नसकेर वा जनतालाई खुशी पार्न नसकेर मत नआएको होइन, केपी ओलीको कारण जनता निकै फ्रस्टेटेड भएर मत नआएको हो ।’

भदौ २३ र २४ गतेपछि ओली झन् घमण्डी र तानाशाह बन्दै गएको आचार्यको अनुभव छ । ‘उहाँले एकपटक पनि माफी माग्नुभएन,झन् चर्को चर्को बोल्न थाल्नुभयो’,उनले थपेका छन् ।

भदौ २३ र २४ गतेपछि ओली झन् घमण्डी र तानाशाह बन्दै गएको आचार्यको अनुभव छ । ‘उहाँले एकपटक पनि जेनजी युवाहरुसँग संवाद गरेर माफी माग्नुभएन,आत्मालोचना गर्नुभएन,झन् चर्को चर्को बोल्न थाल्नुभयो’, उनले थपेका छन् ।

‘भोट माग्न जाँदा उल्टै तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई किन असहयोग गरेको ? विद्या भण्डारीलाई किन सदस्यता नदिएको ? भनेर प्रश्न गरे ।”

चुनावी प्रचारको क्रममा समेत स्थानीय मतदाताले ‘ओलीको पार्टीलाई भोट नै दिदैनौँ’ भनेर इग्नोर गरेको आचार्यको अनुभव छ । उनले विस्तृतमा सुनाएका छन, ‘भोट माग्न जाँदा उल्टै हामीलाई तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई किन असहयोग गरेको ? विद्या भण्डारीलाई किन सदस्यता नदिएको ? भनेर प्रश्न गरे,ओलीको पार्टीलाई भोट दिने हो भने फेरि भोलि पनि त्यस्तै हुने त हो नि भनेर मत दिन मानेनन् ।’