काठमाडौं — त्रिशूली ३–ए जलविद्युत् आयोजनाको सुरुङमा सानो प्वाल बनाएर हावा पठाउन सुरु गरिएको छ।

गृहमन्त्री सुधन गुरुङले उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको र त्यही सानो प्वालमार्फत सुरुङभित्र हावा पठाउन थालिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले अब उक्त प्वालबाट थप खन्ने काम अघि बढाइने र उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको बताएका छन्।

सुरुङभित्र धेरै मानिस फसेको आशंका गरिएकाले उनीहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ। सम्बन्धित निकायले उद्धार अभियान तीव्र बनाएको जनाएको छ।