काठमाडौं—नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारी गरिरहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा महाधिवेशन संयोजक तोकेको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले जिल्ला संयोजक तोकेको हो। समूहले असोज १५ गते वडा अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
कोशी प्रदेशका ८ जिल्लामा पाँचथर–डेकेन्द्र कुमार तामाङ, झापा–कृष्ण हुमागाईं, संखुवासभा–रामकुमार जीसी, भोजपुर–धर्मराज राई, मोरङ–सुभाष पौडेल, खोटाङ–रोजन राई, ओखलढुंगा–बालगोविन्द राजभण्डारी र उदयपुर–बसन्त बस्नेत संयोजक तोकिएका छन्।
बागमतीका ११ जिल्लामा दोलखा–ताराबहादुर खड्का, रामेछाप–जीतबहादुर मगर, रसुवा–उपेन्द्र लम्साल, धादिङ–गोपाल विक, नुवाकोट–श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोक–लालकाजी तामाङ, चितवन–मिलन श्रेष्ठ, मकवानपुर–भीम लामा, भक्तपुर–दुर्लभ थापा, ललितपुर–सुदर्शन घिमिरे र काठमाडौं–जयकृष्ण महर्जन तोकिएका छन्।
गण्डकीका ८ जिल्लामा गोरखा–भूगोल थापा, लमजुङ–रामकृष्ण कँडेल, कास्की–ऋषिराम काफ्ले, मनाङ–नाचोङ गुरुङ, पर्वत–रामकृष्ण मल्ल, म्याग्दी–हिराबहादुर पुन मगर, बागलुङ–सागर छन्त्याल र नवलपुर–अशोक बस्ताकोटी संयोजक बनेका छन्।
लुम्बिनीका १२ जिल्लामा नवलपरासी पश्चिम–विकास घिमिरे, रुपन्देही–गुनाखर भुर्तेल, कपिलवस्तु–अब्दुल मन्नान खाँ, पाल्पा–माधव नेपाल, अर्घाखाँची–लक्ष्मण पाण्डे, गुल्मी–बेदबहादुर थापा, रुकुम पूर्व–दत्तबहादुर बस्नेत, रोल्पा–मानबहादुर खत्री, प्युठान–ईश्वरसिंह विष्ट, दाङ–गोपालराज शर्मा, बाँके–कृष्ण कार्की र बर्दिया–जग्गाप्रसाद पाण्डे तोकिएका छन्।
कर्णालीका ८ जिल्लामा डोल्पा–देउप्रसाद बुढा, जुम्ला–हेम बुढथापा, मुगु–कर्ण रावल, हुम्ला–सूर्यबहादुर शाही, कालिकोट–मातृका सिंह, जाजरकोट–राजजंग शाह, दैलेख–मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेत–ललित भट्टराई संयोजक तोकिएका छन्।
सुदूरपश्चिमका ८ जिल्लामा बाजुरा–धनराज पण्डित, बझाङ–हर्कजंगबहादुर सिंह, डोटी–नरेन्द्रबहादुर सिंह, दार्चुला–सुरेन्द्र अवस्थी, बैतडी–वीरबहादुर विष्ट, डडेलधुरा–डिल्लीराज जोशी, कञ्चनपुर–पदम बोगटी र कैलाली–खेमबहादुर डगौरा थारु संयोजक बनेका छन्।
मधेस प्रदेशका कुनै पनि जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन। समूहले मोरङ, उदयपुर, दोलखा र कैलालीमा सहसंयोजकसमेत तोकेको जनाएको छ।


