काठमाडौं—नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका वाग्लेले भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन्।
बाँस्कोटाले वाग्लेलाई ‘नव लेन्डुप’को संज्ञा दिँदै उनको अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग, तर पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक–जाई कटक र दुई ढुंगाको तरुलको सूत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नव लेन्डुप उफ्रने? किक आउट हिम, पिएम!”
अर्थमन्त्री वाग्लेले कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गर्दै ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ बताएका थिए।
उनको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न व्यक्तिले विरोध जनाइरहेका छन्। आलोचकहरूले वाग्लेको भनाइलाई राष्ट्रहितविपरीत भएको आरोप लगाएका छन्।


