काठमाडौँ—हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसोको मौसम: आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज रातिको मौसम: आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।


