पथरी, २२ असार । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख एवम् योजना अनुगमन् संयोजक देवीमाया काफ्लेको अगुवाईमा आज वडा नम्बर १ को पञ्चायत माविमा निर्मित भवनको अनुगमन् गरिएको छ । संयोजक काफ्लेको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितले सो विद्यालयको २ वटा योजनाको अनुगमन् गरेको हो ।
प्रदेश सरकारको २ करोड रुपैयाँको लागतमा २ तले ४८ कोठे संरचनाको बौद्धिक अपाङगताको आवासीय भवनको दोस्रो तलाको आज भएको छत ढलान सहितको अनुगमन् भएको छ । त्यस्तै, नमूना विद्यालय कार्यक्रम अन्तर्गत सरकारको ७० लाखको लागतमा सम्पन्न ४ कोठे भवन र शौचालय निर्माण योजनाको पनि अनुगमन् भएको विद्यालय प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जनाउनु भयो ।



















