पथरी,२६ कात्तिक । माेरङको  पथरी शनिश्चरेमा-१ रहेकाे मनाेहर हाेटल एण्ड पार्कमा  शनिवारका दिन एभरेष्ट आर्ट फ्युजनकाे मासिक कार्यक्रम अन्तर्गत सिर्जना चाैतारी साहित्यिक कार्यक्रम सम्पन्न भएको  छ। महिनाकाे अन्तिम हफ्तामा गरिने कार्यक्रम विभिन्न स्थानीय स्रष्टाहरूले गीत,गजल कविता मुक्तक वाचन गरेका थिए।

वाचन गर्ने स्रष्टाहरूमा भवानी दुलाल,उत्तम आपागाई, सीता राई, दीपक दियालो,राजेन्द्र विवश,टिका लुईटेल,भूपेन्द्र तिम्सिना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सराेजा खड्गी लगायत रहेका थिए। साेही कार्यक्रम   सिर्जना चाैतारीका संयाेजक लक्ष्मीप्रसाद फूयाँलकाे अध्यक्षतामा सम्पन्न   भएकाे थियोे,यसरी नै   एभरेष्ट आर्ट फ्युजनकाे अध्यक्ष भूमिप्रसाद पाठककाे पनि उपस्थिती रहेको थियो।