बिराटचोक,२५ पुस । मोरङको सुन्दहरैंचा १० मा रहेको पर्यटकिय स्थल बागझोडामा वाइनरीको उदघाटन भएको छ । केहि महिना अघिदेखि सञ्चालनमा आएको वाइनरीको सोमबार शुभारम्भ भएको हो ।
वाइनरीको उदघाटन कार्यक्रम माघको पहिलो हप्तासम्म हुने संचालिका जिना गुरुङले बताईन । आकर्षक डेकुरेशन सहित तयारी भएको भिन्टेज वाइनरीमा किराना देखि पेयपदार्थ लगायतका सामाग्रीहरु सर्भसुलभ मुल्यमा पाइने संचालिका गुरुङले जानकारी दिईन ।
शान्त सुन्दर र हरियाली वातावरणको छेउमा रहेको वाइनरीमा क्याफेको पनि व्यवस्था रहेको छ । खोर्सानेचोकदेखि करिव १ किलोमिटर उत्तरदिशामा रहेको उक्त वाइनरी ग्राहहरुको रोजाइमा पर्ने देखिन्छ ।




















