लेटाङ,२६माघ । मोरङको लेटाङ ३ कमलपुर नयाँवस्तीमा हात्तीको आक्रमणपछि स्थानीय पूर्णकुमार लिम्बूको घर जलेर नष्ट हुनुका साथै घरधनी लिम्बु घाईते समेत भएका छन ।
हात्तीले घरमा आक्रमण गर्दा विद्युत सर्ट भइ आगलागी हुन पुगेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आगोले लिम्बुको घर पूर्णरुपमा जलेको छ ।
आगो निभाउनेक्रममा लिम्बुको अनुहार समेत जलेको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, नगद र गरगहना लगायत जलेर नष्ट भएको लेटाङप्रहरीले जनाएको छ ।




















