झापा—नेपाली कांग्रेस कन्काई नगर सभापतिमा दुर्गाप्रसाद प्रसाई निर्वाचित भएका छन्। नगर अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि भएको निर्वाचनमा प्रसाईले १२६ मत प्राप्त गर्दै नगर सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी सन्तोषकुमार रायमाझीले १०१ मत प्राप्त गरे।
नगर उपसभापतिमा केशवप्रसाद शर्मा ११६ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी चन्द्र निरौलाले १११ मत प्राप्त गरे। महिला उपसभापतिमा रेनुका उप्रेती १२३ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी टिकादेवी खरेलले ९७ मत प्राप्त गरिन्।
सचिव पदमा दीपक खतिवडा १२० मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी हरिप्रसाद फुँयलले १०६ मत प्राप्त गरे।
त्यस्तै, सहसचिवमा भुवन खतिवडा १२५ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मेघनाथ आचार्यले ९६ मत प्राप्त गरे।
सदस्य पदमा भएको निर्वाचनमा बसन्त थपलिया ९६ मतसहित निर्वाचित भए भने सुवास भण्डारीले ६० मत प्राप्त गरे।


