सुन्दरहरैँचा,२८ जेठ । यमाहा नेपालको आधिकारिक बिक्रेता एम.ए. डब्ल्यु ईन्टप्राइजेज द्वारा आयोजित अल नेपाल यमाहा स्किल कन्टेस्टमा यमाहा विराटचोकका हेड टेक्नीसियन सुकदेव माझी नेपाल प्रथम हुन सफल भएका छन।
जितसँगै माझीले नगद रू २० हजारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन । यमाहाको नेपाल भरिका १०६ शोरूमको सर्विस सेन्टरहरूको सबै टेक्नीसियनलाई पछी पार्दै माझीले प्रथम स्थान हासिल गर्न सफल भएको बि.एण्ड बि.अटो ट्रेडर्स प्रा.लि विराटचोकका सञ्चालन विष्णु कार्कीले जानकारी दिए ।
सँचालनमा आएको छोटो समयमै बि.एण्ड बि.अटो ट्रेडर्सले पूर्वमा यमाहाका विभिन्न ब्राण्डका धेरै भन्दा धेरै मोटरसाइकल बिक्री गर्न सफल भएको छ । उत्कृष्ट भएका टेक्नीसियन सुकदेव माझीको दक्षताको कारण बि.एण्ड बि.अटो ट्रेडर्समा मोटरसाइकल मर्मत तथा सर्विसिङ गर्न आउनेहरुको आकर्षक केन्द्र बन्ने देखिन्छ ।



















