पथरी,१८ भदौ।माेरङकाे पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले नियम संगत नचलेका सहकारीहरुले सबैलाई दुःख दिएको बताएकी छिन्।
आज कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा तथा पथरीशनिश्चरे सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव एवं ईकाई साधारणसभामा प्रमुख अथिति काफ्लेले सो कुरा बताएकी हुन्।
उनले थपिन–‘पछिल्लो समय न्यायिक समितिमा सहकारीहरूबाट पीडित भएकाहरुको उजुरीहरूको चाङ् छ, तर कञ्चनजंघा साकोस नियमसँगत रहेछ र धेरै शाखाहरु रहेछन् यो राम्रो पक्ष हो ।’
संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष भीम राई, वडा सदस्य पूर्णबहादुर कार्की, संस्थाका उपाध्यक्ष भरतकुमार चमलागाई, सदस्य एवम् पथरीशनिश्चरे सेवा केन्द्रका संयोजक भेषबन्धु निरौला लगायतको उपस्थिति रहेको थियो ।




















