काठमाडौं, २२ असोज । दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निर्णय गरेको थियो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको बताए । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो। सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य सिटौला बताउँछन् ।




















