उर्लाबारी,२ कात्तिक । नेकपा एमाले उर्लाबारी नगर कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दसैँतिहार, छठ, नेपाल सम्वतलगायत पर्वको अवसर पारेर आज उर्लाबारी–५ स्थित हाम्रो बचतको सभाहलमा शुभकामनासहित चियापान कार्यक्रम आयोजना गरेको हो ।
नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले चाडपर्वलाई भड्किलो तरिकाले मनाउन नहुने बताउनुभयो । उहाँले आ–आफ्ना मौलिकता जगाउँदै चाडपर्व मनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटा, केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, प्रदेश सांसद उमाकान्त गौतम, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपमेयर मिना खतिवडा पौडेल, प्रदेश कमिटी सदस्यहरु भुपाल जिमी, योगेश बस्नेत, ज्योति चौहान, नेताहरु पुष्प ढकाल, अग्नि भट्टराई,भीष्मा रेग्मी, पुराना नेता घनश्याम भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव गोपालप्रसाद रिमालले गर्नुभएको थियो ।





















