दमक,१५ कात्तिक । झापाको दमकमा क्षमता अभिबृद्धी तथा नेतृत्व बिकास सम्बन्धि  ५ दिने तालिम सम्पन्न भएको छ । अष्ट्रेलियाली दुतावासको सहयोग र आमकास नेपाल काठमाडौं तथा आमकास नेपाल मोरङको संयुक्त आयोजनामा भएको मंगलबार सम्पन्न भएको हो । 

आधुनिक दासत्व र मानव बेचबिखन बिरुद्धको लडाई  मुख्य बिषय अन्तर्गत क्षमता अभिबृद्धी तथा नेतृत्व बिकास सम्बन्धि तालिम प्रदान गरिएको आमकास नेपाल मोरङको अध्यक्ष उमादेवी सेडाईले जानकारी दिनु भयो । 

उक्त तालिममा बिभिन्न संघ/संस्थामा आबद्ध महिलाहरु र बैदेशिक रोजगारबाट फर्किएका जम्मा २० जना महिलाहरुको सहभागिता रहेको थियो । 

Untitled-4 (1) 1 आमकास नेपालकी कार्यकारी निर्देशक बिजय राई श्रेष्ठ प्रशिक्षक रहनु भएको उक्त कार्यक्रममा  कानुन सम्बन्धि आमकास नेपालकी लिगल अधिकृत अधिवत्ता सदिच्छा महर्जनले प्रशिक्षण गराउनु भएको थियो । 

यस्तै सुरक्षित बैदेशिक रोजगार र माईग्रेन साईकल सम्बन्धि आमकास केन्द्रकी अध्यक्ष पुष्पा थापा मगरले सहजीकरण गर्नु भएको थियो  । त्यस्तै आमकास नेपाल मोरङकी अध्यक्ष उमा देवी सेडाईले तालिमको ब्यबस्थापन गर्नु भएको थियो ।