उर्लाबारी,७ मंसिर  । मोरङको  उर्लाबारी आगलागी घटनामा परि घाईते भएका कुमार तामाङको मृत्यु भएको छ । काठमाण्डौको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत उर्लाबारी ७ का ४२ वर्षिय तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको   छ ।

अस्पतालको आईसियू कक्षमा उपचाररत दाहालको बिहिबार विहान ६.२५ बजे निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको   

छ ।

तामाङको निधनसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

हाल सो अस्पतालमा २२ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसियू कक्षमा ६ जना उपचाररत रहेको बताईएको छ ।