विराटचोक,२६ मंसिर । मोरङकाे सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वविद्यार्थी समाजको आयोजनामा मंगलबार क्याम्पसको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ६९ पिण्ट रगत सङ्कलन भएको छ ।
"रक्तदान जीवनदान" भन्ने मूल नाराका संम्पन्न भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिनु भयो ।
कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेका थिए । समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
विशिष्ट अतिथिहरू सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाल, वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, पूर्व सांसद एवम् समाजका निवर्तमान अध्यक्ष राजकुमार ओझाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नागरिक समाजका अगुवाहरू, विभिन्न सङ्घ संस्थाका प्रमुखहरू, पूर्वविद्यार्थी, शिक्षक, स्ववियुका पूर्व पदाधिकारीहरू, स्ववियुका सभापति लगायत पदाधिकारी एवम् सदस्यहरू, विभन्न विद्यार्थी सङ्गठनका नेताहरू, कर्मचारी, अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागिहरूलाई समाजका सहसचिव लावन्यकुमार अधिकारीले स्वागत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव अर्जुन गजुरेलले गरेका थिए ।
पूर्वविद्यार्थी समाजले गर्ने यस्ता कार्यक्रमले क्याम्पस परिवार र समुदायलाई फाइदा पुग्ने हुँदा, क्याम्पसले पूर्वविद्यार्थी सँग सहकार्य गर्ने कुरा सहायक क्याम्पस प्रमुख दहालले बताउनु भयो ।




















