काठमाडौं,२ पुस । मोरङको बेलबारीबाट रातारात सारिएको  कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीमै कायम गरि सञ्चालन गरिने सहमति भएको छ । उक्त अस्पताल स्थापनाको माग गर्दै काठमाडौं पुगेको टोलीले सोमबार पत्रकार सम्मेलन मार्फत प्रहरी अस्पताल बेलबारीमै सञ्चालन गरिने जानकारी गराएको हो । 

काठमाडौमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अस्पताल फिर्ता गर्दिन आग्रह गरेका उक्त टोलीले सोमबार दिउँसो नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरसँगको  छलफल पछि अस्पताल बेलबारीमै कायम गरि सञ्चालन गरिने सहमति भएको टोलीमा सहभागी नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राईले जानकारी दिनुभयो । 

प्रहरी प्रधान कार्यलय नक्सालमा भएको छलफलमा प्रहरी महानिरीक्षक कुँवर र डा.दुर्गा सिँहको टोलिले १५ दिन भित्र अस्पतालका लागि पूर्वाधारहरुको निरिक्षण गरि करिव १ महिना भित्रमा अस्पताल सञ्चालन गरिने समेत सहमति भएको एमाले नेता राईले जानकारी दिनुभयो । 

Untitled-5 (1)बेलबारीमा ठाउँ अभाव भएको भन्दै सुनसरीको इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा लगिएको अस्पतालालाई नगरपालिकाले  जग्गा उपलब्ध गराउने सहमती भएपछि पुन: बेलबारीमै  स्थापित गराउने सहमती भएको नेपाली काङ्ग्रेस महासमिती सदस्य महेन्द्र सुवेदीले बताउनु भयो ।

गत वर्षको फागुन १० गते नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा उक्त अस्पतालको उदघाटन गर्नुभएको थियो ।

बेलबारीबाट अन्यन्त्र लगिएको अस्पताललाई पुन: बेलबारी फर्काउन बेलबारीबाट नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा कोइराला सहित कोशी प्रदेश सांसदहरु ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बु, गिता तिम्सिना,नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई,नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी नेपाली कांग्रेस बेलबारीका सभापति  छत्र लिम्बू,नेकपा माओवादी  केन्द्रका नेता सावित्री कुमार काफ्ले, तिलक प्रसाद राई र नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी लगायतका व्यक्तिहरु काठमाण्डौ पुग्नु भएको थियो ।

त्यस्तै मोरङ क्षेत्र न. ३ का संघिय सांसद डा. सुनिल शर्मा र एमालेकी युवा नेत्री अञ्जना अधिकारीले प्रहरी प्रधान कार्यलयको छलफलमा सहभागी हुनुभएको थियो । 

Untitled-5 (2) Untitled-3 (1) 1