बुटवल,२१ माघ । लुम्बिनी प्रदेशमा आज (आइतवार) सार्वजनिक विदा दिइएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो ।
प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)मा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।
२०७४ माघ २१ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनदेखि प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।




















