सिधुवा - धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ मा रहेको पर्यटकीय स्थल हलहले पटेक डाँडाको सरसफाई गरिएको छ । स्थानिय युवाहरुको सकृयतामा श्रमदान मार्फत हलहले पटेक डाँडाको सिडी तथा आसपासका स्थानहरुको सरसफाई गरिएको हो । 

संरक्षणको अभावमा झाडी बुट्यान बन्दै्र गएको पर्यटकीय स्थललाई युवाहरुको सकृयतामा संरक्षण गरिएको स्थानीय युवा खेमराज सुब्बा योङहाङले जानकारी दिनु भयो  । उक्त सरसफाई अभियानमा  युवा लक्ष्मी नारायण श्रेष्ठ,प्रकाश श्रेष्ठका लगायत स्थानीय युवाहरुको सहभागीतमा रहेको थियो । 

Untitled-11 46जनताको पसिनाबाट बनेको राज्यको सम्पतीमा कुनै पनि निकायको सरसफाइमा ध्यान नपुगेको भन्दै युवाहरुले सरसफाइ गरेका हुन् ।  राज्यको आँखाबाट ओझेलमा परेका स्थानहरुको जगेर्ना गर्दै स्थानीय युवाहरुले  आउदा दिनहरुमा अन्यत्र स्थानको पनि खोजी गर्दै सरसफाइ गरिने परोपकार समाजका सस्थापक अध्यक्ष समेत रहनु भएका  योङहाङले बताउनु भयो । 

पर्यटकीय प्रचुर सम्भावन रहेको हलहले पटेक डाडालाई संरक्षण गर्ने उदेश्यका साथ सरसफाई गरिएको दिवेश खड्काले बताउनु भयो । स्थानीय युवाहको सकृयतामा गरिएको सरसफाईमा वैदेसिक रोजगारमा रहेका लोकेन्द्र थोक्लेन र डम्बर कार्कीले खाजा खर्चको सहयोग गर्नु भएको थियो । छथर जोरपाटी गाउँपालिका धनकुटा छथर गाउँपालिका तेह्रथुमको संगम स्थलमा रहेको मार्गपोखरी जाने बाटोलाई आउने दिनहरुमा सरसफाई गर्ने लक्ष्य रहेको जनाइएको छ ।

May be an image of 7 people

May be an image of 9 people, mountain and SaqsaywamanMay be an image of 1 personNo photo description available.