• अम्बिका भण्डारी 

विराटचोक - मोरङको सुन्दरहरैँचा नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत  विनोद कुमार न्यौपाने आएका छन् ।

यसअघि कार्यरत अम्बिकाप्रसाद चौलागाईंको सरुवा भएपछि न्यौपाने बिर्तामोड नगरपालिकाबाट सरुवा भई सुन्दरहरैंचा आएका हुन् । न्यौपाने बुधबारदेखि नै सुन्दरहरैंचा नगरपालिकामा हाजिर भएका छन् ।

न्यौपाने यसअघि तत्कालीन इन्द्रपुर गाविस हुँदा करिव चार वर्ष काम गरेका थिए । कोशीहरैंचा नगरपालिका बन्ने क्रममा उनको सरुवा भएको थियो । चौलागाईं २०७९ चैत २९ गतेदेखि सुन्दरहरैंचा नगरपालिकामा कार्यरत थिए । चौलागाईंको कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । 

यसैबीच सुन्दरहरैंचा नगरपालिकामा लेखा अधिकृतको रूपमा कार्यरत पुण्यप्रसाद ढकाललेले जागिरबाटै राजीनामा दिएका छन् । उनले केही दिनअघि स्वेच्छिक अवकाश लिएको र यसअघिकै प्रमुख प्रशासकीय अधिकृतबाट राजीनामा स्वीकृत पनि भइसकेको  नगरपालिकाका सूचना अधिकृत गुणनिधी दाहालले जानकारी दिए ।  उनले राजीनामा दिएपछि लेखा अधिकृत को आउने भन्ने टुंगो छैन ।