विराटचोक - मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।

नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे जानकारी आएको छैन । यसकाे विस्तृत विवरण भने आएकाे छैन ।  अचानक एकाउन्ट लग आउट भएपछि पासवर्ड लगाउदा फर्गेट पासवर्ड माग्ने समस्या छ ।