विराटचाेक : ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइको छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । यसैक्रममा माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले श्रमिक महिलालाई सम्मान गरेको छ ।
नगरपालिकाले प्रत्येक वडाबाट छनाेट भएका १२ जना श्रमिक महिलालाई सम्मान गरेकाे हाे । सम्मानित हुनेमा सिलाईकटाई व्यवसाय गर्दै आएकी,सन्जना पाण्डे चिमाेरिया,चिया पसल व्यवसाय गर्दै आएकी धनकुमारी चाैधरी,कृषि व्यवसायी बविता लिम्बू, चन्द्रकला श्रेष्ठ, ज्याला मजदुर गीता बजगाई ढकाल, रूपा थापा, लिला माउा दर्जी, यामकला सुनार, पार्वती उराव, रहेका छन् ।
यस्तै सिटिसफारी चालक, आशा श्रेष्ठ, पशुपालन गर्ने मिना बाेहाेरा थापा, केयर गिभर देव कुमारी दाहाल रहेका छन् । उनीहरूलाई नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरीलगायतले सम्मान गरिएको सुन्दरहरैँचा नगर कार्यपालिका सदस्य वविता खापुङ्गले जनाकारी दिईन ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।























