झापा — झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खडगदेवि माङ्लेन रहेकी छिन् ।
एक्लै बस्दै आएकी अविवाहित माया छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मध्यराती ११ः५०मा एउटा हात्ती आएको थियो ।
भाग्ने क्रममा हात्तीले सुँडले मायालाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुटाई छेद विच्छेद गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन दिनअघि हात्तीको आक्रमणबाट शिवसताक्षी- ११ का ६० वर्षीया पवित्रा भेटवालको घटनास्थलमै भएको थियो ।




















