केराबारी — खानेपानी डिभिजन कार्यालय सुनसरीको प्राविधिक सहयोग र प्रदेश सरकारको आर्थिक सहयोगमा केराबारीमा खानेपानीको सम्फवेल (पानी तान्ने ठाउँ) निर्माण सुरु भएको छ ।

वर्षायाममा धमिलो पानी आउन नदिन तथा पिउने पानीको अभाव हुन नदिन केराबारी बजारदेखि झण्डै ४ किलोमिटर उत्तर खदम खोला र बसना खोलाको संगम स्थलमा २५ लाखको लागतमा सम्फवेल निर्माण सुरु गरिएको हो ।

केराबारी बजार क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्दै आएको संस्था शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समिति मार्फत शुरु गरिएको योजनाको प्रदेश सांसद खड्गवहादुर वस्नेतले मंगलबार शिलान्यास गरेका छन् । सांसद बस्नेतको पहलमा कोशी प्रदेश सरकारले खानेपानीको सम्फवेल निर्माणका लागि २५ लाख रुपयाँ बिनियोजन गरेको थियो। 

krb khanepaniखोलाको सतहभन्दा झण्डै १० फिट गहिराई भित्र उम्रिएको स्वच्छ र सफा पानी संकलन सम्फवेल निर्माण गरी संकलन गरिने र सो ठाउँबाट झण्डै ४ किलोमिटर दक्षिण पाइप लाइन मार्फत रिजर्वट्याङमा जम्मा गरी पानी वितरण गर्ने गरी दोश्रो सम्फवेल निर्माणको कार्य थालनी भएको निर्माण समितिका अध्यक्ष गोकुल थापाले बताए । 

अध्यक्ष थापाले सम्फवेल निर्माण भएसंगै जस्तोसुकै वर्षात र वाढी आउँदा समेत २ सय एमएमको पाइपलाइनबाट स्वच्छ र संङलो पानी वितरण गर्न सकिने र त्यसपछि २ लाख लिटर क्षमताको रिजर्व ट्याङ्की निर्माण गरी बगैंचादेखि पूर्वलाइनबाट बजार क्षेत्रसम्म पाइपलाइन विस्तार गर्न सके १० वर्षसम्म बजार क्षेत्रमा पानीको अभाव नहुने बताए  । शुभ खानेपानी संस्थाबाट झण्डै १ हजार २ सय नीजि धारा मार्फत १० हजार वढी जनसंख्यालाई पानीको व्यवस्थापन हुदै आएको छ ।

यो पनि — कर्मचारीहरुको करार सम्झौता नवीकरणमा हेलचेक्र्याइँ गर्दै सुन्दरहरैँचा नगरपालिका

paniकेराबारी बजारदेखि झण्डै ४ किलोमिटर उत्तर खदम खोला र बसना खोलाको संगम स्थलमा निर्माण सुरु गरेको सो सम्फवेल ०८१ असार २० गते भित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको खानेपानी डिभिजन कार्यालय सुनसरीका सव इन्जिनियर रितेश श्रेष्ठले बताए ।

 केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर, १० नम्बर वडाका वडाध्यक्ष पुर्णवहादुर मगर, कार्यपालिका सदस्य गंगा लिम्बू , केराबारी गाउँपालिकाका  प्रवक्ता नारायण भूजेल नागायताका जनप्रतिनीधि, उपभोक्ता समितिका पदाधिकारी लगायतको उपस्थितिमा  शिलान्यास तथा निर्माण सुरु भएको हो ।