संखुवासभा — संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊमा ५० वर्षीय युवराज राई र उनकै छोरा २८ वर्षीय सुमन राई बीच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमनले सोमबार साँझ साढे ६ बजेतिर शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा हानेपछि युवराज  गम्भिर घाईते भएका थिए । 

घाईते युवराजलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । छोरा सुमनलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको संखुवासभा प्रहरीले जनाएको छ ।