काठमाडौं— सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार बिहान गोली चलेको छ। घटनामा एक जनाको तिघ्रामा गोली लागेको प्रारम्भिक जानकारी आएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार गोली चलेको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाको कारण भने अहिलेसम्म खुलेको छैन।
सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले एक जनाको तिघ्रामा गोली लागेको सूचना आएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
स्थानीयवासीले गोली चलेको खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो। घटनाको कारण र गोली कसरी चल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


