काठमाडौं— सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। तर पक्राउ परेकाहरूको परिचय र अन्य विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

घटनामा एक जनाको तिघ्रामा गोली लागेको प्रारम्भिक जानकारी छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि साउन महिनामा पनि देवानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। त्यस घटनापछि सुनसरीसँगै मधेस प्रदेशका केही स्थानमा पनि तनाव र हिंसात्मक घटना फैलिएका थिए।