बेलबारी —  अपाङ्गता भएकी एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मोरङ  बेलबारीका ३९ वर्षका एक पुरुष पक्राउ परेका छन । बेलबारी नगरपालिका वडा नम्बर ८ का  पिठ बहादुर फुयाँललाई जबरजस्ती करणी उद्योगमा प्रहरीले 

 पक्राउ गरेको हो । फुयालले महिला घरमा एक्लै भएको मौका  पारेर बलात्कार गर्ने प्रयास गरेको पीडितको आरोप छ  । हिँडडुल गर्न,नसक्ने र राम्रोसँग बोल्न पनि नसक्ने  ती 

महिलाको तर्फबाट परिवारले जाहेरी दिएपछि  इलाका प्रहरी कार्यालय बेलबारीले फुयाललाई पक्राउ गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बैशाख २ गते फुयाललाइ पक्राउ गरेको थियो ।