विराटचोक — माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ९ स्थित साविक सुकुना चलचित्र  मन्दिरका संस्थापक सञ्चालक गणेश खड्काकाे ६४ वर्षको उमेरमा  निधन भएको छ । 

खड्काकाे विराटनगरको नोवेल अस्पतालमा उपचारको क्रममा बुधबार विहान करिव ११ बजे निधन भएको हो । लिभरको समस्या भएका खड्काको १५ दिन देखि  नोवेल अस्पतालमा उपचार हुदैँ आएको थियो । 

गाेल्ड जिमका सञ्चालक अनिल खड्का साथै अशोक खड्काका पुजनिय पिता हुन् । साथै खड्काको  श्रीमती र १ छोरी समेत छन् । खड्का साविक इन्द्रपुर गाविस  वडा न. ८ मा नेकपा एमालेबाट निर्वाचित पूर्व वडा सदस्य समेत हुन् ।